पोखरा , ४, काठमाडौं

प्रदेश र प्रतिनिधिसभा चुनावमा आफूले गरेको खर्च विवरण बुझाउन कास्कीका ३७ उम्मेदवारले अटेरी गरेका छन्। "/>

उम्मेदवारद्धारा चुनाव खर्च विवरण बुझाउन अटेरी

उम्मेदवारद्धारा चुनाव खर्च विवरण बुझाउन अटेरी

केन्द्रबिन्दु
0
Shares

पोखरा , ४, काठमाडौं

प्रदेश र प्रतिनिधिसभा चुनावमा आफूले गरेको खर्च विवरण बुझाउन कास्कीका ३७ उम्मेदवारले अटेरी गरेका छन्। निर्वाचन कानुन अनुसार मत परिणाम घोषणा भएको ३५ दिन भित्र बुझाउनु पर्ने विवरण उक्त म्याद कटेको ५ दिन बितिसक्दा पनि नबुझाएका हुन् । उक्त निर्वाचनमा कास्कीका ३ प्रतिनिधि तथा ६ प्रदेशसभा क्षेत्रमा १३ दलका ९५ उम्मेदवार प्रतिस्पर्धामा थिए। ती मध्ये ६४ जनाले खर्च विवरण पेस गरेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। उनकै भनार्इमा ठूला दलका मुख्य उम्मेदवारहरू प्रायःले विवरण बुझाएका छन् ।

विवरण नबुझाएका कांग्रेस नेता तथा कास्की २ क का उम्मेदवार गुरु बरालले जिम्मेवारी सुम्पिएका कार्यकर्ताबाट ढिलाइ भएको सुनाए । ‘बुझाउनलाई सबै विवरण लिएका साथी निर्वाचन कार्यालय जान केही ढिला भएछ, अब बुझाउनु हुन्छ, उनले भने । कास्कीका सबै निर्वाचन क्षेत्रको चुनावी मतपरिणाम मंसिर २४ गते प्रकाशित भएको थियो। त्यसयताको समयले ३५ दिनको नेटो काटिसकेको छ । विवरण नबुझाउने मध्ये प्रदेशसभा तिरका १२ जना र प्रतिनिधिसभाका २५ उम्मेदवार छन् ।
अन्नपूर्णबाट

Logo