ट्याक्टर दुर्घटना: १ को मृत्यु, ३ घाइते

ट्याक्टर दुर्घटना: १ को मृत्यु, ३ घाइते

केन्द्रबिन्दु
0
Shares

रामेछाप, ३ माघ ।

जिल्लाको मन्थली नगरपालिका ६ भलुवाजोरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ, भने ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भलुवाजोरको कुभिण्डेबाट घर बनाउन ढुंगा लिएर बेतिनी जाँदै गरेको को २ त २६१० नम्बरको ट्याक्टर दुर्घटना हुँदा मन्थली नगरपालिका ६ भलुवाजोरकी ३६ वर्षीया सानुमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार दुर्घटनामा भलुवाजोरकै ३१ वर्षकी पूर्णिमा मोक्तान, कुलबहादुर थोकर र ट्याक्टर चालक लिखु गाउँपालिका ३ का राजकुमार तामाङ घाइते भएका छन् ।

घाइतेमध्ये पूणिर्मा मोक्तानको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

Logo