काठमाडौं, २९, पुस
सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । "/>

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९, पुस
सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानु अघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्था अनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले मन्त्रिपरिषद बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने बताए । ‘कर्मचारीको स्वेच्छिक अवकाश सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पुगि सकेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद बैठकले निर्णय गरे लगत्तै हामी त्यही दिन राजपत्रमा सूचना जारी गर्ने तयारीमा छौँ ।’ सरकारले निजामती सेवामा २० वर्ष सेवा अवधि पूरा गरेका र ५० वर्ष उमेर पूरा गरेका कर्मचारीलाई त्यस्तो सुविधा दिन लागेको हो ।

निजामती सेवा ऐनको दफा १३ मा ‘समायोजन हुन नचाहने पचास वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका कुनै पनि कर्मचारीले नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधि भित्र सोही सूचनामा उल्लिखित सर्त बमोजिम स्वेच्छिक अवकाश लिन सक्ने छन्’ भन्ने व्यवस्था छ । सो ऐनले त्यसरी अवकाशमा जाने कर्मचारीलाई सात वर्षको पेन्सन सुविधा एकमुष्ट रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

जस्तै मासिक २५ हजार तलब सुविधा खाने कर्मचारीको उमेर ५० वर्ष पूरा भएको छ र उसले अवकाशमा जान चाहेमा उसले एकमुष्ट आठ लाख ४० हजार रुपैयाँ पाउनेछ । यस्तो हिसाब निकाल्दा हरेक कर्मचारीको आखिरी तलबलाई २० ले गुणा गरिन्छ र आएको गुणानफललाई ५० ले भाग गरिन्छ । यहाँ अंक २० सेवा अवधि हो भने अंक ५० उमेरहद हो । यसरी अवकास लिने कर्मचारीको संख्या १० हजार हुन सक्ने अनुमान गरिएको छ ।
नयाँपत्रिकाबाट

 

Logo