काभ्रे,२९,मंशिर
काभ्रेमा दुई वटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा ५८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । जस मध्ये १३ जना उम्मेदवारले सय मत पनि प्राप्त गर्न सकेनन् ।
चार उम्मेदवारले वाम गठवन्धनलाई सहयोग गर्ने घोषणा गरे पनि उनिहरुको चुनाव चिन्हमा मतदान भएको छ । स्वतन्त्र उठेका नोर्बु लामाको १३ मत आयो । उनले गठवन्धनमा गंगाबहादुर दोङ्गलाई सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै कांग्रेस (विपी) तर्फका उम्मेदवार मोहनबहादुर रायमाझीले ४४, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार शाहले ३४, लिबरल डेमोक्रेटिक पार्टीका शान्ता तामाङले १३ र नेपाः राष्ट्रिय पार्टीका सुन्तला काजी श्रेष्ठले ३३ मत प्राप्त गरे । नयाँ शक्ति पार्टीका तिलकबहादुर लामाले गठवन्धनका दोङ्गलाई सहयोग गरे पनि १ सय ८ मत खसेको थियो ।
निर्वाचनमा सय मत पनि नकटाउने धेरै जना उम्मेदवार पाइएको छ । जस मध्ये नेपाल मजदुर किसान पार्टीका दिलबहादुर विकले ३३, नेमकिपाकै चण्डिका छुँकाले ९०, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका शोभा विश्वकर्माले ३, नयाँ शक्ति पार्टीका रामकुमार खड्काले ५३, स्वतन्त्र उम्मेदवार मिलनकुमार गौतमले १६, स्वतन्त्र सुरेश प्रसाद धितालले ४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सुर्दशन हुमागाईँले ६१ मत प्राप्त गरे भने संघीय समाजवादी फोरमका राजेन्द्र खड्गीले ८५ मत प्राप्त गरे । जिल्लामा ४६ जनाको जमानत जफत भएको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया