काठमाडौं,३, मंशिर
निर्वाचन आयोगले दुवै चरणको निर्वाचन सम्पन्न भइसकेपछि मात्रै एकसाथ मतगणना सुरु गर्ने भएको छ । पहिलो चरणको निर्वाचन १० मंसिरमा ३२ जिल्लामा र दोस्रो चरणको निर्वाचन २१ मंसिरमा ४५ जिल्लामा हुँदैछ । "/>

दुवै चरणको निर्वाचन सम्पन्न भइसके पछि मात्रै मतगणना हुने

दुवै चरणको निर्वाचन सम्पन्न भइसके पछि मात्रै मतगणना हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, मंशिर
निर्वाचन आयोगले दुवै चरणको निर्वाचन सम्पन्न भइसकेपछि मात्रै एकसाथ मतगणना सुरु गर्ने भएको छ । पहिलो चरणको निर्वाचन १० मंसिरमा ३२ जिल्लामा र दोस्रो चरणको निर्वाचन २१ मंसिरमा ४५ जिल्लामा हुँदैछ । मतदानको समयावधि बिहान ७ देखि बेलुकी ५ बजे सम्म तोकिएको छ । २१ मंसिरको मतदान सकिना साथ सोही दिन बेलुकी ५ बजेपछि मतगणना कार्य सुरु गरिने आयोगले जनाएको छ । प्रत्येक निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतको कार्यालयमा जम्मा गरेपछि मतगणना सुरु गरिने छ । मतगणनाका लागि सात जना कर्मचारी रहेको ‘मतगणना टोली’ गठन गरिने छ ।

‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका ०७४’ को दफा १२ को उपदफा १ मा मतगणना टोली गठन सम्बन्धी व्यवस्था छ । निर्वाचन अधिकृतले निर्देशिका अनुसार गठन गर्ने मतगणना टोलीमा प्रमुख मतगणना अधिकारी, सहायक मतगणना अधिकारी, मतगणना सहायक क्रमशः एक एक जना, गणक तिन जना र सहयोगी कर्मचारी एकजना रहनेछन् । निर्वाचन अधिकृत प्रत्येक मतगणना टोलीमा प्रमुख मतगणना अधिकारीको रुपमा रहनेछन् । तीन जना गणक मध्ये एकजना कम्युटर अपरेटर हुनेछन् भने बाँकी दुई जना सहयोगी हुनेछन् । मतगणना टोलीका साथमा राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधि समेत रहनेछन् । मतगणना कार्य चाडो सिध्याउनका लागि एउटै मतगणना स्थलमा एकभन्दा बढी मतगणना टोली गठन गर्न सकिने छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको निर्वाचनमा बाह्र वटा सम्म मतगणना टोली गठन गरिएको थियो ।
राजधानीबाट

Logo