भाद्र ६, काठमाडौं
सरकारले सूर्तीजन्य पदार्थको खुला बिक्रीमा रोक लगाएको धेरै भइसक्यो । गत फागुन एक गते देखि लागू हुने गरी सरकारले यस्तो नियममा कडाइ गरेको थियो । "/>

सूर्तीजन्य पदार्थको अवैध बिक्री रोकिएन

सूर्तीजन्य पदार्थको अवैध बिक्री रोकिएन


भाद्र ६, काठमाडौं
सरकारले सूर्तीजन्य पदार्थको खुला बिक्रीमा रोक लगाएको धेरै भइसक्यो । गत फागुन एक गते देखि लागू हुने गरी सरकारले यस्तो नियममा कडाइ गरेको थियो । सरकारले यस्ता पदार्थको खुला बिक्री गरेको पाइएमा कडा कारबाही गर्ने बताए पनि अवैध बिक्री भने रोकिन सकेको छैन । सडक, किराना पसल, मन्दिर छेउछाउ लगायत जताततै यसको बिक्री भइरहेको छ । नियमन गर्ने निकाय निष्क्रिय छन् ।
सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११(६) अनुसार कसैले सूर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न चाहेमा आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिनुपर्ने हुन्छ । उक्त व्यवस्थामा इजाजत लिएका पसलबाट मात्र यस्ता पदार्थ बिक्री वितरण गर्न पाइने भनिएको छ । तर, अधिकांश व्यापारीहरूले नियमविपरीत खुलमखुला बिक्री गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए । सरकारले केहीअघि विद्यालय र अस्पताल आसपासका क्षेत्रमा यस्ता पदार्थको खुला बेचबिखन गर्न नपाइने कडा निर्देशन दिएको थियो । तर, अभ्यासमा भने यसले कुनै परिवर्तन आएको देखिदैन । धूमपान र सूर्तीजन्य पदार्थको सेवनलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्नेगरी सरकारले यस्तो निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालय आसपासमै सूर्तीजन्य पदार्थको खुला बिक्री भइरहेको देख्न सकिन्छ । मन्त्रालय नजिकै नाङलोमा किराना सामान बेच्ने कान्छिमाया तामाङले सूर्तीजन्य पदार्थ खुला बिक्री गर्न नपाइनेबारे आफूलाई थाहा नभएको बताइन् । ‘खै, आजसम्म कसैले नबेच भन्न आएको छैन, गरिखाने बाटो नै यही हो,’ उनले भनिन् । फागुन मसान्तभित्र दर्ता नगरी सूर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा ऐन बमोजिम कडा कारबाही गरिने भनिएको छ । तर, हालसम्म कसैलाई पनि कारबाही दायरामा ल्याइको छैन । सरकारले हरेक जिल्लामा सहायक प्रजिअ र जनस्वास्थ्य कार्यालयलाई अनुगमन गर्ने निकाय तोकेको छ । तर, निकाय आफैं सक्रिय भएर लाग्न नसकेको प्रमुख श्रेष्ठले बताए । ‘पर्याप्त बजेटको व्यवस्था नहुँदा अनुगमन फितलो भएको हो,’ उनले भने ।
कान्तिपुरबाट

 

 

Logo