नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना

नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना


काठमाडौं ।

नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीलाई कोरोना संक्रमण भएको छ । उनलाई सोमबार कोरोना भाइरसको संक्रमण भएको हो ।

दिसामा रगत देखिएपछि उनलाई बयोधा हस्पतालमा उपचारका लागि लगिएको थियो । उपचार अघि उनको स्वाब निकालिएको थियो । जसमा उनलाई कोरोना पुष्टि भएको छ । तर उनलाई लक्षण भने देखिएको छैन ।

सन् १९७३ मा मनालीमा भएको एसियन च्याम्पियनसिपमा जीतबहादुरले कास्य पदक जितेका थिए । जुन नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक थियो ।

र याे पनि

Logo