बञ्चरेडाँडा जाने सडक विग्रेको कारण टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो

बञ्चरेडाँडा जाने सडक विग्रेको कारण टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो


 काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु जैविक तरल पदार्थ हालेर प्लाष्टिकले छोपेको छ । अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन । त्यसैले टेकुमा फोहोर थुप्रिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन का सचिवालय सदस्य सुनिल लम्सालका अनुसार अहिले १५० भन्दा धेरै गाडी जान सकेको छैन । टेकुमा माघदेखिको फोहोर जम्मा भएको उनको भनाई छ । 

त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

 

Logo