नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा भोलि आमहड्तालको घोषणा

नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा भोलि आमहड्तालको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा प्रचण्ड–नेपाल पक्षले बिहिबार आमहड्तालको घोषणा गरेको छ । सो पार्टीले आज पार्टी कार्यालय पेरिसडाँडामा आन्दोलनका कार्यक्रम घोषणा गर्दै भोलिका लागि आमहड्तालको घोषणा गरेको हो ।

प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आमहड्ताल शान्तिपूर्ण हुने र यसका लागि सबैलाई सहयोगका लागि अनुरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा आयोजना गरेको छ । प्रचण्ड–नेपाल पक्षले सो जनसभालाई लक्षित गर्दै अघिल्लो दिन आमहड्तालको आयोजना गरेको हो । यद्यपी प्रवक्ता श्रेष्ठले आमहड्तालको कार्यक्रम बाध्यात्मक भएको र ओली पक्षको जनसभा लक्षित नरहेको उल्लेख गरेका छन् ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई पद तथा गोपनियताको सपथ गराएकी थिइन् । यसैको विरोधमा आमहड्तालको आयोजना गरिएको पनि श्रेष्ठले बताएका छन् ।

Logo