प्रधानमन्त्रीले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

प्रधानमन्त्रीले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको बुटवल उपमहानगरपालिका -१० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्। शनिबार बुटवल पुगेका प्रधानमन्त्री देउवाले साे सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् । 

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो । थप भएको म्याद अगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको बताइएको छ ।

बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएर ९ दशमलव ६ विगाह क्षेत्रफलमा फैलिएकाे यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो सभाहल एक हजार सीट क्षमताको छ ।

Logo