सांसद् पौड्यालकाे टिप्पणी- संसद् गठबन्धनका नेताहरुको क्लब जस्तो बन्यो

सांसद् पौड्यालकाे टिप्पणी- संसद् गठबन्धनका नेताहरुको क्लब जस्तो बन्यो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाकी सांसद डा.विमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसदबाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महशुस भएको बताएकी छन् । 

बिहीवार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयक पसम्बन्धि छलफलमा बोल्दै सांसद राईले यस्तो बतएकी हुन् । उनले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको बताइन् । उनले राष्ट्र अध्यक्षले विधेयकमा ध्यानाकर्षण गराए नागरिकताका विषयमा अरु धेरै पक्षमा अध्ययन र पुनःविचार गर्ने  भनेर विधेयक संसदमा पठाएपछि केही न केही विधेयकमा संशोधन गर्न सक्नुपर्ने बताइन् । 

सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता पठाएर राम्रो नजिर नबसेको बताइन् । उनले यो विषयलाई देशले कसरी हेर्छ मलाई थाहा नभएको भन्दै राष्ट्रपति कुर्सीको अपमान भएको दाबी गरिन् । सांंसद राईले राष्ट्रिय सभामा जस्ताको तस्तै पेस भएको नागरिकता विधेयकमा सत्ता गठबन्धनको अहंकार र घमण्ड नै बोलेको बताइन् । उनले विधेयक जस्ताको त्यस्तै पठाउँछु भन्ने घमण्ड दलका नेताहरुको घमण्डले गर्दा संसदहरु पनि त्यही घमण्डमा फसेको बताइन् । 

‘मलाई दुःख केमा लागेको छ भने आजको सत्तामा हुन्छ । को प्रतिपक्षमा हुन्छ । राजनीति हो उत्तारचढाव भइरहन्छ । हामीले देखेका छौं । तर राष्ट्र प्रमुखले विद्यादेवी भण्डारी ज्यु मात्रै होइन,राष्ट्र अध्यक्ष भनेको कुर्सी हो । त्यो कुर्सी वा यति महत्वपूर्ण संस्थाले ध्यानाकर्षण गराएर यो सम्बन्धमा पुनःविचार गर भनेर ध्यानाकर्षण गराए नागरिकताका विषयमा अरु धेरै पक्षमा अध्ययन गर भनेर विधेयक संसदमा पठाएपछि केही न केही विधेयकमा संशोधन गर्न सक्नुपर्ने थियो । त्यो नगर्नु भनेको एउटा नजिर हामीले फेरि पनि बसायौं ।’ उनले भनिन्, ‘राष्ट्र अध्यक्षलाई अपमान गरेको मैले ठानेको छु । यसलाई देशले कसरी हेर्छ मलाई थाहा छैन । मलाई राष्ट्र अध्यक्षलाई अपमान गरेको महशुस भएको छ । यसमा पनि अहंकार र घमण्ड नै बोल्छ । धेरै सांसदहरुलाई सम्बोधन गरौँ जस्तो लागेको छ । तर बालुवाटार भित्र भएको एउटा निर्णयले हामी सबैलाई बाँधेको छ । यो धेरै दुःख लाग्दो विषय हो । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएपछि बालुटारमा बसेको गठबन्धनको बैठकले फिर्ता आएको विधेयक घमण्ड र अंहकारका साथ जस्ताको त्यस्तै पास गर्ने निर्णय भयो । त्यो बेला मलाई कस्तो लाग्यो भने हाम्रो संसद गठबन्धनका नेताहरुको क्लव जस्तो लाग्यो । सभामुखहरु क्लवका म्यानेजर हुन् की क्या हो । संसदमा छलफल नै नगर्ने गठबन्धनले जे निर्णय गर्छ त्यही संसदमा हुन्छ । प्रतिनिधि सभाले गठबन्धनको अंहकार नै बोलेर पास भएर आयो ।’

सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसदमा जस्ताको त्यस्तै पेस गर्ने विषयमा संसद गठबन्धनका नेताहरुको क्लव जस्तो भएको टिप्पणी गरिन् । उनले संसदका सभामुखहरु क्लवका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय ग-यो त्यही हुने गरेको बताइन् । 
 

Logo