गगन थापा भन्छन्- ‘निर्वाचन आएपछि हारिएला भन्ने डरले सधैं सताउँछ’

गगन थापा भन्छन्- ‘निर्वाचन आएपछि हारिएला भन्ने डरले सधैं सताउँछ’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आएपछि हारिएला की भन्ने डर आफूलाई सधैं हुने गरेको बताएका छन् । चुनावमा जित/हार दुवै हुने भएपनि आफूलाई हारिएला की भन्ने डरले बढि सताउने गरेको अनभूति सुनाएका हुन् ।  

काठमाडौंको बुढानिलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले विद्यार्थीहरुलाई पनि परीक्षामा फेल भइएला की भन्ने डर लाग्ने अवस्था आउन नदिन उनीहरुलाई फेल पनि भइन्छ भन्ने कुरा सिकाउन आवश्यक रहेको बताए । 

पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सफलता र असफलता दुवै कुरा जिन्दगीमा हुने कुरालाई बोध गराउँदै विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन पनि सो विद्यालयलाई आग्रह गरे । उनले भने ‘एउटा चुनाव जित्यो । त्यसपछि खुशी भयो । त्यसपछि अर्को चुनाव के होला भन्ने डर लाग्ने । मलाई यस्तो हुन्छ । उपसचिव हुने साथीलाई सहसचिवमा नाम ननिक्लेला भन्ने डर । जिन्दगी नै यसरी नै जाने हो । तर बालबालिकाहरुलाई पनि जित र हार हुन्छ । सफल र असफल होइन्छ भनेर सिकाउनु पर्दछ । आफ्नो कर्म गर्ने हो । तर सधैं भनेजस्तो फल नआउन पनि सक्छ । तर कर्म भने गर्दै जानुपर्छ ।’

महामन्त्री थापाले जिन्दगीमा सधैं सफलता मात्रै हात नपर्ने कुरा पनि विद्यार्थीहरुलाई सिकाउन हरेक विद्यालयले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सो विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने गरी शिक्षक तालिम, कक्षा कोठामै पुस्तकालयको विकास गर्ने गरी काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने सम्झौंता समेत गरिएको थियो । 
 

Logo