एमाले स्याङ्जा प्रदेश (क)बाट श्रृषिराम कडेँलसहित ९ जनाको नाम सिफारिस

एमाले स्याङ्जा प्रदेश (क)बाट श्रृषिराम कडेँलसहित ९ जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले स्याङ्जा उम्मेदवार टुंग्याउने कसरतमा जुटेको छ । 

एमाले स्याङ्जा क्षेत्र नम्बर २ प्रदेशसभा (क)को प्रत्यक्षतर्फ श्रृषि कडेँलसहित ९ जनाको नाम सिफारिस भएको छ । प्रमुख अतिथिका रुपमा रहेकी पार्टी सचिव पद्माकुमारी अर्यालको उपस्थितीमा शनिबार बसेको प्रदेश समन्वय कमिटीको बैठकले सो निर्णय गरेको हो । 

बैठकले प्रदेश सभा ‘क’को प्रत्यक्षतर्फ कडेँलका साथै मोहन रेग्मी, छविलाल भुषाल, पुन्य अर्याल, दामोदर तिवारी, आनन्द पाठक, मोहन गुरुङ, सोभाकान्त पौडल र उदय श्रेष्ठको नाममा सिफारिस गरेको छ । यसपटक पार्टीमा टिकटकाे लागि नेता कडेँलले अघिल्लो चुनावमा निर्वाचित भैसकेका प्रदेश सभा सांसद् रेग्मीलाई टक्कर दिनसक्ने आंकलन गरिएको छ । 

Logo