मुलुकमा गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको माधव नेपालको दावी

मुलुकमा गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको माधव नेपालको दावी

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दावी गरेका छन् । 

आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका हुन् । 

गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादी भित्र पनि सांस्कृतिक राजाको कुरा भईरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए । अध्यक्ष नेपालले यथार्थवादी धरातलमा टेकेर मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने कुरालाई कम्युनिष्टहरुले कहिल्यै पनि भुल्न नहुने पटकपटक दोहो-याए । 

उनले भने, ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो । काँग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी पार्टी गणतन्त्रवादी भएतापनि त्यहाँ भित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्र्यो । हाम्रो पार्टी भित्र पनि विवाद भयो । २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रिय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय ग-यो । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटबलबाट आन्दोलनको नेतृत्वका गरेका थियौं । धर्मेन्द्रजीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नु भयो । एउटा निर्वाचन क्षेत्रमा त जितेर देखाउनु प-यो । एउटा निर्वाचन क्षेत्रमा तपाई जित्न सक्नु हुुन्न, एउटा जिल्लामा तपाई जित्न सक्नुहुन्न भ भने अनि अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्नुस् ।’
 
अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई चुनौति दिए । चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बास्तोलाले नमिल्ने उनको भनाई थियो । अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा समेत राखे । 

Logo