1
1

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा अनिवार्य

1
1
1

काठमाडौंको नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्य सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । 

नेपाली होटल व्यवसायी संघले होटल क्षेत्रको सुरक्षा र आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । संघका अध्यक्ष गणेश ढकालले संघभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारे जानकारी दिँदै सबै होटलले अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको बताए । 

यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुन्धारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आवद्ध छन् । 

राजनीति

प्रकाशित: ९ असोज २०७९ ०९:१५ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी