इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।
नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी प्रदेशसभा सदस्यको उम्मेदवारका लागि टिकट पाउने पक्का भएपछि माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन् ।
चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । सो क्षेत्रमा यसअघि एमाले विजयी भएको थियो । प्रतिनिधिसभाको सीट भने गठबन्धनमा कांग्रेसको भागमा परेको छ ।
चौधरी मेयरमा दोहोरिन खोजे पनि उनको ५ वर्षे कार्यकाल विवादस्पद भएकाले एमालेले टिकट दिएकाे थिएन । त्यसपछि एमालेबाट प्रदेशसभामा पनि सम्भावना नभएपछि उनी माओवादी केन्द्र प्रवेश गर्न लागेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर पार्टी प्रवेश गराउने तयारी छ ।





























प्रतिक्रिया