एमाले-जसपा चुनावी तालमेलका लागि अन्तिम तयारी, गठबन्धन भत्किने संकेत

एमाले-जसपा चुनावी तालमेलका लागि अन्तिम तयारी, गठबन्धन भत्किने संकेत

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ। 

बिहीवार बिहानैबाट सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा छलफलमा जुटेका थिए। बैठकमा जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन उपस्थित थिए । तर, अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलका लागि बालकोट पुगे । गठबन्धनले उनलाई पर्खिएको थियो। तर, अबेरसम्म पनि नआएपछि शुक्रवार बिहान सम्म पर्खनेगरि गठबन्धनको बैठक सकिएको छ।

सत्ता गठबन्धनमा चित्तबुझ्दो सिट नपाएपछि जसपाले एमालेसँग सहकार्य गर्न लागेको हो। गठबन्धनमा जसपालाई १६ सीटभन्दा बढी नदिइएपछि अध्यक्ष यादव रुष्ट बनेका छन् । तर, जसपा नेताहरका अनुसार गठबन्धन फुटाउने शर्तमा एमालेले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार देखिएको छ । जसपाको जनाधार रहेको मधेश प्रदेशलाई प्राथमिकतामा राखेर एमालेसँग चुनावी तालमेल हुन लागेको बुझिएको छ । 

जसपाले केहि दिन अघि गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेर दबाब कायम गरेको थियो। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि अहिलेसम्म सिट बाँडफाँट गनै सकेको छैन । पटकपटक बसेको बैठक निष्कर्षविहीन भएको छ । 

 गठबन्धनमा जसपासँगै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि असन्तुष्ट छन्। 

Logo