नेकपा एमालेका नेता रामवीर मानन्धर बागी उम्मेदवार बनेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले श्याम घिमिरेलाई टिकट दिएपछि उनले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
मानन्धर यसअघिका निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए । स्वतन्त्र उम्मेदवारी दर्ता गराउने क्रममा मानन्धरले आफूले पार्टी नछाडेको पनि बताएका छन् । पार्टीले टिकट दिएका उम्मेदवारले जनताको दबाबमा उम्मेदवारी फिर्ता लिने उनकाे दाबी छ ।
सो क्षेत्रमा नेपाल समाजवादी पार्टी (नेसपा)की नेतृ मानुषी यमी भट्टराईले उम्मेदवार दर्ता गराइसकेकी छन् । माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्न लागेकी उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।





























प्रतिक्रिया