प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् । यससँगै देउवा सातौंपटक डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
सो क्षेत्रमा बीपी कांग्रेसका संयुक्त उम्मेदवार कर्ण मल्लले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । उनलाई नेकपा एमालेले समर्थन गर्ने बताइएको छ ।
साथै डडेल्धुराबाट गुल्मीका सागर ढकाल र एमालेका असन्तुष्ट नेता विक्रमबहादुर शाहीले पनि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराइसकेका छन् ।





























प्रतिक्रिया