मोरङ क्षेत्रन नम्बर ३ का लागि नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार डा. सुनिल शर्माले वृहत शान्ति र समुन्नत नेपाल निमार्णका लागि गठबन्धन निमार्ण भएको बताएका छन् ।
सुन्दहरैचा नगरपालिका १० मा आयोजित पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाइ संबोधन गर्दै गठवन्धनका साझा उम्मेदवार रहेका शर्माले १२ वुँदे सम्झौतादेखि सुरु भएको शान्ति प्रकृयाको काम पुरा गर्न र समुन्नत राष्ट्र निमार्ण गर्न वाम लोकतान्त्रिक गठवन्धन निमार्ण भएको बताएका हुन् ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा गलत राजनीतिक शत्तिले जितेका कारण संविधानसभाबाट बाट बनेको संविधान नै खतरामा पर्ने अवस्थाको सृजना भएको स्मरण गर्दै शर्माले नेपालको सम्मुनतिका लागि संविधान र लोकतन्त्रका पक्षधर वामपन्थि र लोकतान्त्रिक शक्तिहरु एक हुनै पर्ने अवस्था आएको बताए ।
यस क्षेत्रमा माओवादीका तर्फबाट उम्मेदवार नभएपनि स्थानीय माओवादीका नेताहरुले गठबन्धनलाई जिताउनका लागि खेलिरहेको सक्रियता तारिफ योग्य भएको पनि उनले बताए ।
गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड र तत्कालिन नेकपा एमालेका महासचिव माधव नेपालको सक्रियतामा शान्ति सम्झौता भएको भन्दै शर्माले यसको बाँकी कार्यभार पुरा गरेर देश समुन्नत बनाउने जिम्मेवारी पनि यी नै राजनीतकि शत्तिको भएकोले अहिलेको गठवन्धन देश हितमा भएको बताए ।
फरक प्रशंग नेता शर्माले कोरोना कालको महामारी यो क्षेत्रमा नै नआउने, ५ रुपैयाँ पर्ने माक्सलाइ ५५ रुपैयाँमा बेच्ने र सत्तामा भएरपनि जनतालाइ न्युनतम स्वास्थ्य सेवा सेवा दिन नसक्ने मानिसहरु अहिले फेरि भोट माग्न आएको भन्दै यस्ता अवसरवादीहरुबाट सर्तक हुन पनि सवैमा अपिल गरे ।
कार्यक्रममा विभिन्न राजनीतिक दल छाडेर ठूलो संख्यामा कांग्रेस पार्टी प्रवेश गरेका थिए ।





























प्रतिक्रिया