‘गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरैलाई उम्मेदवार बनाउन असमर्थ भयौं’

‘गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरैलाई उम्मेदवार बनाउन असमर्थ भयौं’

केन्द्रबिन्दु
3
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरै क्षमतावान साथीहरूलाई उम्मेदवार बनाउन नसकेको बताएका छन् । 

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनका कारण नसकिएको बताएका हुन् । उनले एउटा  परिस्थितिमा गठबन्धन सरकार बनेको उल्लेख गर्दै छोटो अवधिमा देशलाई एउटा अर्डरमा ल्याएको दाबी गरे ।

जनताका इच्छा र माग सम्बोधन भएको बताउँदै उनले स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गरे । 

नेता महतले जसपालाई कांग्रेसले उदारता देखाए पनि बाहिरिएकोमा कुनै कमेन्ट नगर्ने बताए । निर्वाचन आयोगले तयार गरेको आचारसंहिता धेरै रेष्टिक्टेड रहेको, धेरै सीमा राखिएकाले विगतमा गरेजसरी प्रचार गर्न सम्भव नभएको उल्लेख गरे । तर पनि आचारसंहिताको सीमामा रहेर प्रचार गर्ने उनले बताए ।

कांग्रेसले धेरै नबोल्ने बरु काम गरेर देखाउने भन्दै देशभर कांग्रेस र गठबन्धनको उम्मेदवारको पक्षमा माहोल तयार भएको, जिल्ला जिल्लामा गठबन्धनको निर्वाचन परिचालन समिति गठन भइरहेको र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने उनको भनाइ छ । नेता महतले दुई दिनभित्रै सत्ता गठबन्धनको संयुक्त अपिल सार्वजनिक हुने जानकारी दिए ।

Logo