घनश्याम भुसालकाे टिप्पणी- ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउँछन्

घनश्याम भुसालकाे टिप्पणी- ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउँछन्

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् ।

एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाएका हुन् । ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हाँस्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ उनले भने ।

अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै नेता भुसालले संविधान जोगाउनको लागी वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए । रुपन्देही क्षेत्र नम्बर १ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरुलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने भुसालको भनाइ छ ।

Logo