सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन् ।
शनिवार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको बताए ।
गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीउपर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताए ।
उनले भने- ‘नेपालमा एउटा पार्टी छ, नेकपा एमाले भन्ने जुन पार्टीले नेपाली जनतालाई सधैँ झुटो, पूरा नहुने सपना देखाएर नेपाली जनतामा नैराश्यता ल्याउने काम गर्दछ । हामी जे बोल्छौँ त्यो गर्छौं । नेकपा एमले भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन । जे भन्छ, त्यो बोल्दैन । केपी ओली प्रधानमन्त्री हुने बित्तिकै उहाँको ध्यान निर्वाचनको ताका जनताका अघि गरेका वाचाहरुलाई पूरा गर्न सक्दैन । संविधानले प्रदान गरेका हक र अधिकारलाई कुण्ठित गरेर सबै हक र अधिकार आफ्नो मुठिमा रख्ने प्रयत्नमा लाग्नुभयो । अहिले हामी गठबन्धनको संस्कृतिलाई अघि बढीरहेको छ ।’
मन्त्री कार्कीले कांग्रेसले बोलेका कुरा गर्ने भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गरे । उनले अहिले गठबन्धनको संस्कृतिलाई अघ बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने दाबी गरे ।





























प्रतिक्रिया