देशको शिर उच्च बनाउनु भन्दै मतदाताले लगाइदिए रेखा थापालाई ढाका टोपी पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी -३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् ।
आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट विचारबाट प्रभावित रहे पनी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले उम्मेदवार थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।
सो क्रममा उनले भने- ‘म आफै कम्युनिस्ट बिचारबाट प्रभावित र त्यै विचारमा आस्था राख्ने व्यक्ति हुँ । तर पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर्यो । अब युवा र यी चेलीले हाम्रो टोपीको रक्षा गर्ने विश्वास लिएको छु ।’
चेम्जोङले पार्टीको विचारधारा सही भए पनि नेतृत्व गलत भएका कारण पार्टी नै बदनाम हुनुपरेको जिकिर गरेका छन् । उनले अब आउने निर्वाचनबाट मतदाताले सक्षम नेतृत्व चुन्नु पर्ने बताएका छन् । उनले भने- ‘सैद्धान्तिक विकृतिका कारणले राष्ट्र नरहने भएकाले हाम्रो मतलाई परिवर्तन गर्नु पर्छ भन्ने पक्षमा बोलेको हुँ । रेखा बहिनीले नभ्याएको ठाउँमा अब हामी पुग्छौँ । पार्टी जोगाएर मात्रै नहुने रहेछ भन्ने मेरो बुझाई छ ।
सुरुवाती अवस्थामा रेखा थापा कमजोर उम्मेदवारको रूपमा हेरिए पनि उनको निरन्तर चलिरहेको घरदैलो र मतदातामा देखिएको उत्साहका कारण उनलाई बलियो प्रतिस्पर्धीको रूपमा बुझ्न थालिएको छ । थापा यति बेला आफ्नो क्षेत्रका विभिन्न स्थानमा पुग्ने र मतदातासँग दोहोरो संवाद तथा छलफल गर्दै आएकी छन् ।





























प्रतिक्रिया