गठबन्धनलाई ओलीको प्रश्न- एउटै घोषणापत्र बनाउन नसक्नेले साझा काम कसरी गर्छ ?

गठबन्धनलाई ओलीको प्रश्न- एउटै घोषणापत्र बनाउन नसक्नेले साझा काम कसरी गर्छ ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् । 

आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनले के कार्यान्वयन गर्छ, उहाँहरुको आ–आफ्नो घोषणापत्र छ ? एउटै घोषणापत्र छैन । एउटा साझा घोषणापत्र दिन नसक्नेले साझा काम कसरी गर्छ ?कुन घोषणापत्र लागु हुन्छ, उनीहरु भन्न सक्दैनन् ।’

तर, एमाले र एमालेका उम्मेदवारले इमान्दारीपूर्वक काम गर्ने अध्यक्ष ओलीको दाबी छ । ‘हामी हाम्रो उम्मेदवारको जिम्मेवारी लिन्छौँ,’ ओली भने, ‘हामीले कर्मठ र सक्षम उम्मेदवार उठाएका छौँ, उहाँहरुले इमान्दारीपूर्वक काम गर्नुहुन्छ ।’ उनले  एमालेले प्रतिगमन गर्‍यो भनेर गलत भ्रम फैलाएको पनि दाबी गरेका छन् ।

साथै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशाल पार्टीको सहअध्यक्ष दिँदा नपचेको टिप्पणीसमेत गरेका छन् । ‘माओवादी केन्द्र र हामी मिलेर साझा चुनावको घोषणापत्र ल्याएका थियौँ । माओवादी आफैँ सकिने बाटोमा थियो । त्यस पार्टीलाई औँलो समाउन दिएर हिँडाएर प्रत्यक्षमा ३६ सीट जिताएका थियौँ । प्रचण्डलाई मैले सहअध्यक्ष बनाएर विशाल पार्टीको नेता बनाए ।तर, धोका भयो ।’ उनले भने । 

Logo