काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी बेपत्ता भएकाहरुको उद्धार गर्न नेता तथा कार्यकर्तालाई आब्हान गरेका छन् । अध्यक्ष प्रचण्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो आब्हान गरेका हुन् ।
‘अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ९ लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको छ । उक्त पहिरोमा परि ७ जनाको मृत्यु भएको र तीन दर्जनभन्दा बढी बेपत्ता भएको घटनाले स्तब्ध बनाएको छ’–उनले विज्ञप्तिमा लेखेका छन्–‘उक्त घटनाहरुमा बेपत्ता हुनुभएकाहरुको खोजी र उद्धार कार्यमा जुटन पार्टीका नेता कार्यकर्ता, युवा, स्थानीयवासिन्दा, जनप्रतिनिधी, स्वयमसेवी र सुरक्षाकर्मीलाई आब्हान गर्दछु । साथै पहिरोमा परि घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
त्यस्तैगरी अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिरोमा परि ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
पूरा विज्ञप्तिः






























प्रतिक्रिया