अध्यक्ष प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट, एमालेले गराएकाे आरोप

अध्यक्ष प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट, एमालेले गराएकाे आरोप

केन्द्रबिन्दु
0
Shares

भोजपुरमा बम विस्फोट भएको छ । 

पौवादुङमा गाउँपालिका-२ को तिवारी भन्ज्याङमा आयोजित सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो ।  सो सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। तर साे विस्फोट हुँदा उनी कार्यक्रमस्थल पुगेका थिएनन् ।

विस्फोटमा परेर १ जना घाइते भएका छन् । घाइतेको खुट्टामा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले विस्फोटबाट कुनै मानविय क्षति नभएको र सो क्षेत्रमा सुरक्षा बढाइएको बताएको छ । उक्त विस्फोट कसले गरायो भन्ने पनि खुल्न सकेको छैन । तर, माओवादी केन्द्रका नेताहरुले भने नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएको छ । 

Logo