पूर्वसभामुख एवम् सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभाकी उम्मेदवार ओनसरी घर्तीले आफूले चुनाव जित्ने दावी गरेकी छन् ।
केपी ओली संविधानको भक्षक भएकाले त्यसको रक्षामा लागि लडेको सत्तारुढ गठबन्धनको उम्मेदवार भएकाले आफूले चुनाव जित्ने उनको जिकीर थियो ।
लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं क्षेत्र २ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै घर्तीले आफ्नो जीतलाई असत्य विरुद्धको सत्यको जीतको रुपमा चित्रण गर्न खोजिन् । आफ्नो जीत नै सत्तारुढ गठबन्धनको जीत भएको उनले तर्क समेत गरिन् ।
उनले भनिन्- ‘हामी जित्दैछौं । यो जीत मेरो केवल एक जनाको जीत होइन । यो जीत त संविधानको भक्षकको विरुद्ध रक्षकहरु जीत हो । यो असत्यको विरुद्ध सत्यको जीत हो । यो नेपाली काँग्रेसको जीत हो । नेकपा (माओवादी केन्द्र)को जीत हो । यो एकीकृत समाजवादीको जीत हो । अन्ततः यो जीत काठमाडौं क्षेत्र नम्बर २ निवासी जनसमुदायको जीत हो । हामी सबैको जीत हो ।’
उम्मेदवार घर्तीले आफू निर्वाचित भए महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य हुने गरी कानुन निर्माण गर्ने आश्वासन दिइन् । जनताको जीवनस्तरमा सुधार गर्ने, दिगो विकास, समावेशी सहितको समृद्धिको एजेण्डालाई पूरा गर्ने उनले बताइन् ।





























प्रतिक्रिया