पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ४ मा पुनः मतदान सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले आइतबार अवरुद्ध भएको मतदान सोमबार बिहान ७ बजेबाट सुरु भएको जानकारी दिए । मतदान साँझ ५ बजेसम्म हुने छ । स्थानीय नारायण भण्डारीले शान्ति सिर्जना आधारभुत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः मतदान गराइएको हो ।
निर्वाचन अधिकृत माधवराज गौतमका अनुसार एभण्डारीले अन्य ३ वटा मतपत्र खसालेपछि अन्तिम मतपेटिकामा बडिलोसन हालेर आगजनी गरेका थिए । आगजनीपछि भागगेका भण्डारीलाई प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । ९ सय ८० मतदाता रहेको निर्वाचन केन्द्रमा ७ सय मत खसेको थियो ।





























प्रतिक्रिया