बर्दिया- २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

बर्दिया- २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

केन्द्रबिन्दु
0
Shares

बर्दिया- २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् । स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् ।

टीकापुर घटनामा दोषी ठहर भएर सजाय भोगिरहेकाले रेशमले वारेसमार्फत बर्दिया–२ मा दर्ता गराएको उम्मेदवारी असोज २५ गते खारेज भएको थियो। उनले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका थिए। त्यसपछि साे पार्टीले चौधरीलाई समर्थन गरेकाे थियाे । 

Logo