झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । उनले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई फराकिलो मतान्तरले पराजित गर्दै पहिलोपटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्।
शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए ।
यसअघि दुई निर्वाचनमा लगातार पराजय बेहोरेका शर्माले तेश्रो पटक भने बाजी मार्न सफल रहे । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा र २०७४ को निर्वाचनमा पराजित भएका थिए ।





























प्रतिक्रिया