महोत्तरी–३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण यादवबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मतपरिणामअनुसार लोसपाका अध्यक्ष ठाकुरले झिनो मतले अग्रता लिएका छन् । जसपाका नेता यादव झिनो मतले पछि परेका छन् । ठाकुरको मत ७ हजार ४ सय ७२ छ भने यादवको मत ७ हजार ५ सय ६० छ । ठाकुर ८८ मतले मात्रै अगाडी छन् । गणना सुरु भएदेखि नै अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार रामाअधार कापर पनि ठाकुर र यादवसँगै प्रतिस्पर्धामा छन् । कापरले ७ हजार ३६ मतसँगै पछ्याइरहेका छन् ।





























प्रतिक्रिया