सुनसरी- ४ काे मतगणनामा धाँधलीकाे आशंका, गणना राेकियाे

सुनसरी- ४ काे मतगणनामा धाँधलीकाे आशंका, गणना राेकियाे

केन्द्रबिन्दु
0
Shares

मत गणनामा नेपाली कांग्रेसले धाँधलीकाे आशंका जनाएपछि सुनसरी- ४ काे प्रतिनिधिसभा तर्फकाे मत गणना राेकिएकाे छ ।

मत गणनाकाे विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेकाे पाईएकाे भन्दै कांग्रेसले आपत्ति जनाएकाे हाे । साेही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनकाे माग सहित सर्वदलीय बैठककाे माग गरेका छन् । साे पश्चात् मूख्य निर्वाचन अधिकृतकाे कार्यालयले सर्वदलीय बैठक बाेलाएकाे छ ।

सर्वदलीय बैठक डाकिएसंगै प्रतिनिधिसभा तर्फकाे मत गणना तत्कालका लागि राेकिएकाे छ । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनाे अग्रतामा छन्। प्रतिष्पर्धी एमाले उमेदवार जगदीस प्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् । कुसियत ९८ मतले पछाडि रहेका छन् । सुनसरी- ४ काे प्रतिनिधिसभा तर्फ अब ८ वटा वडाकाे मत गन्न बाँकी छ ।

Logo