मोरङ- १ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित

मोरङ- १ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित

केन्द्रबिन्दु
0
Shares

मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् । 

सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनले  एमालेका घनश्याम खतिवडालाई पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् । 

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठले ८ हजार ६३ मत पाए । 

२०७४ को निर्वाचनमा लिम्बू खतिवडासँग पराजित भएका थिए ।
 

Logo