इलाम- १ मा झलनाथ खनाललाई हराउँदै महेश बस्नेत निर्वाचित

इलाम- १ मा झलनाथ खनाललाई हराउँदै महेश बस्नेत निर्वाचित

केन्द्रबिन्दु
0
Shares

इलाम क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले)का उमेदवार महेश बस्नेत निर्वाचित भएका छन् । 

निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललाई हराउँदै बस्नेतले संसद्को यात्रा तय गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बस्नेतले २५ हजार ६९९ मत पाएका छन् भने खनालले २३ हजार ४५ मत पाए । उनीहरूबीच २ हजार ६५४ मतान्तर छ। 

तर, औपचारीक घोषणा भने हुन बाँकी छ । समानुपातिक र प्रदेशतर्फको गन्दा पनि प्रत्यक्षको मतपत्र भेटिएको हुँदा अन्तिम घोषणा गर्न बाँकी रहेको बताइएको छ । मतगणनाका क्रममा उनले धाँधली भएको आरोप लगाउँदै पुनःमतदानको मागसमेत राख्दा गणना डेढ दिनसम्म रोकिएको पनि थियो । 

खनालले यस क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जित्दै आएका थिए । तर, एमाले फुटेपछि एकिकृत समाजवादीमा लागेका उनले आफ्नै कार्यकर्ताविरुद्ध चुनाव लडे, सत्तारुढ गठबन्धनका दलहरुको समेत समर्थन थियो । तर, मतदाताले बस्नेतलाई नै चुने । 

Logo