स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्षः अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्षः अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन् । 

च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरेका हुन् ।  

उनले भने- 'संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिन्ह जस्तै यता पनि लिएर आएका छन् । अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो । त्यतातिर पनि केही होला । त्यतातिर नजाऔं ।'

अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घण्टी रहेको पाइएको छ । रास्वपा र अमेरिकन फ्रिडम पार्टीको लाेगो समेत उस्तैउस्तै रहेको पाइएको छ । 

अध्यक्ष ओलीले निर्वाचनमा सरकारले धाँधली गरेको समेत बताए । उनले सर्वसाधारणमाथि धडपकड र गोली प्रहार गर्ने कार्य गरेर गठबन्धन सरकारले निर्वाचन पक्षपातपूर्ण बनाएको बताए । थापाथलीस्थित सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि उनले टिप्पणी गरेका छन् ।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नाेस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय  निर्वाचनकाे नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटकाे फरक पर्ने देखिएकाे छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेकाे छ ।

Logo