राष्ट्रपति भण्डारी आज गृहजिल्ला भोजपुर जाँदै

राष्ट्रपति भण्डारी आज गृहजिल्ला भोजपुर जाँदै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन् ।

जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनका लागि उनी भोजपुर जान लागेकी हुन् । शिक्षालय उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालयमा दर्शन गर्ने तथा आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्ने कार्यक्रम  छ । 

प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार ८०० रुपैयाँ लागतमा शिक्षालय निर्माण गरिएको हो । जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको प्राविधिक शिक्षालयलाई राष्ट्रपति भण्डारीले ३७ रोपनी र उनको परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएको छ । 

Logo