काठमाडौं महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छ -प्रमुख बालेन्द्र

काठमाडौं महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छ -प्रमुख बालेन्द्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन् । 

बिहीवार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताएका हुन् । उनले उपत्यका भित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने बताए ।

प्रमुख साहले संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने बताए । 

‘हामीले हाम्रो डबली सभ्यतालाई पुनःजागरण गर्नुपर्छ भन्ने कुरा अस्ति पशुपतिमा गर्दै जाँदाखेरी, उपत्यकाभरी र काठमाडौं महानगरपालिकाभरी विभिन्न स्थानहरुमा डबलीहरु रहेका छन् । जसको प्रयोजन सांगितिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन सबैका लागि हुने गर्दथ्यो । त्यसलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । ठूलो ठूलो इभेन्ट गर्नका लागि हामीलाई ठूलो मञ्चहरु प्रयोग गर्दै आएका छौँ । तर सानो सानो हाम्रो जनचेतनामुलक, रमाइलोका लागि गरिने जुन पुरानो सभ्यतामा रहेको चिजलाई पुनःजागरण गर्नुपर्छ भन्ने कुराहरु हामीले ग-यौँ ।’ उनले भने, ‘महशुस यात्रा ग¥यौँ । हामीले के महशुस गर्नुपर्ने छ भने हाम्रो सभ्यता, सम्पदा, पुरानो मौलिक आर्किटेक्चर थियो काठमाडौं महानगरपालिकाको र उपत्यकाको । त्यसलाई पुनःजागरण कसरी गर्ने ? हाम्रो संस्कृतिहरुलाई कसरी पुनःजागरण गर्ने ? कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने ? हाम्रो नयाँ पुस्ताहरुलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजाहरुलाई कसरी अभिलेखिकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिष्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्ताहरुलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरु पनि राख्यौँ ।’

प्रमुख साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न शुरु गरिएको बताए ।  उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरु र सबै तहको सरकारहरुसँग सहकार्य गर्दै अगाडी बढेको बताए । महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छोड्ने उनले बताए । 

Logo