धरान उपमहानगरका मेयर हर्क साम्पाङले मागे माफी

धरान उपमहानगरका मेयर हर्क साम्पाङले मागे माफी

केन्द्रबिन्दु
0
Shares

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले माफी मागेका छन् । आफूले गाउँले ठट्यौली उखानको शैलीमा सामाजिक सञ्जालमा प्रयोग गरेको शब्दले दलित समुदायलाई दुःखी बनाएको भन्दै उनले माफी मागेका हुन् । 

प्रमुख साम्पाङले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको पनि स्मरण गरेका छन् ।

‘मिति २०७९-८-२८ मा मेरो फेस्बुक फेजमा मैले पोष्ट गरेको स्टेटसमा गाउँले ठट्यौली उखानको शैलीमा "चमारे" शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको रहेछ ! त्यस्का लागि यो शब्द फिर्ता लिंदै संधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, वेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो ईतिहाँस रहेको सवैमा जानकारी गराउँदछु ! कसैलाई ठेस पुराउने नियतवश यो स्टेटस पोष्ट नगरेको जानकारी गराउँदछु !’ उनले फेसबुकमा लेखेका छन् । 

Logo