काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले छट्टु स्यालसँग होशियार हुन् आग्रह गरेका छन् । आइतबार साँझ ट्वीट गर्दै नेता भट्टराईले त्यस्तो आग्रह गरेका हुन् ।
उनले छट्टु स्यालले चील आयो भन्दै कराएर गाँउलले आकाशतर्फ हेर्दा भुईबाट कुखुरा चोर्ने प्रसंग समेत उल्लेख गरेका छन् । ‘छट्टुु स्याल चील आयो भनेर कराउँथ्यो । गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो’–उनले ट्वीटरमा लेखेका छन्–‘यताकाले राम यतै जन्मेका हुन भनेर चिच्याए, उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए । अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए। छट्टु स्यालले के के चोर्ने हुन् । होशियार ।’






























प्रतिक्रिया