एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरुको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा नवनिर्वाचित सांसदहरुको बैठक बसिरहेको हो । 

जारी बैठकमा निर्वाचनपछिको राजनीतिक अवस्था, गठनबन्धनको निरन्तरता, नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।

यसअघि सोमबार नै एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका थिए । पार्टी केन्द्रीय आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जितेको छ । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।

Logo