प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
अन्य सदस्यलाई शपथ गराउनु अघि जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिन लागेका हुन् । उनलाई आज दिउँसो १ः३० बजे शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद्का प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । जबराले शपथ लिएपछि बिहीबार अन्य सदस्यहरूलाई शपथ गराउनेछन् । ज्येष्ठ सदस्यको नागरिकताअनुसार उमेर यकिनपछि सङ्घीय संसद् सचिवालयले शपथका लागि राष्ट्रपतिसमक्ष पत्राचार गरेको थियो ।
नागरिकताका आधारमा सबैभन्दा ज्येष्ठ सदस्य नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित महिन्द्र राय यादव हुन् । तर यादवले यसअघि पनि नागरिकता र आफ्नो वास्तविक उमेर फरक रहेको भन्दै शपथ गराउन अस्वीकार गरेका थिए । २०७४ मा यादवले शपथ गराउन अस्वीकार गर्दै महन्थ ठाकुरले शपथ र बैठकको अध्यक्षतासमेत गरेका थिए ।
सचिवालयले यादवबाहेक राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र जबराको नागरिकता यकिनपछि शपथका लागि पत्राचार गरेको थियो ।





























प्रतिक्रिया