नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ ।
सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ । केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।
सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका हुन् । निर्वाचन समितिका एक जना सदस्य प्रकाश रसाइली (स्नेही)ले सांसद राईले अस्पतालबाटै भोट हालेको पुष्टि गरे ।





























प्रतिक्रिया