नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै सभापति देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएकाे नेता वीरबहादुर बलायरले जानकारी दिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । कांग्रेस संसदीय दलको निर्वाचनमा सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् ।
गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।





























प्रतिक्रिया