हेर्दाहेर्दै निर्वाचनमा पहिलो शक्ति बनेको कांग्रेससहित ३ दल सरकार बाहिर

हेर्दाहेर्दै निर्वाचनमा पहिलो शक्ति बनेको कांग्रेससहित ३ दल सरकार बाहिर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेससहित ३ वटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकार बाहिर रहने भएका हुन् । 

आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । पाँचदलीय सत्तागठबन्धन विघटन भएसँगै सातै प्रदेशको राजनीति समीकरण फेरिएको छ । अब माओवादी-एमाले नेतृत्वमा सातदलीय गठबन्धन बनेसँगै कांग्रेस भने संघदेखि प्रदेशसम्म ‘निल’ हुने भएको छ । सातै प्रदेशमा पनि एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी मिल्दा सहज बहुमत देखिन्छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टी र स्वतन्त्र सांसदत्रय प्रभु साह, अमरेशकुमार सिंह र किरणकुमार साहले समेत समर्थन गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले नै सरकारमा नजाने निर्णय गरेको छ । साथै लोसपा पनि अहिलेको अवस्थामा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू हाल सोही पार्टीसँग रहेको र आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने उनले बताए ।

Logo