नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् ।
बुधबार भएको काँग्रेस संसदीय दलको निर्वाचनमा निवर्तमान संसदीय दलका नेतासमेत रहेका प्रदेश सभापति इन्द्र बानियाँलाई हराउँदै लामा निर्वाचित भएका हुन् । निर्वाचनमा लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत मात्रै पाए । ३७ प्रदेशसभा सदस्य रहेको कांग्रेस बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल हाे ।
कांग्रेसमा संसदीय दलको नेता नै मुख्यमन्त्रीको दाबेदारी बन्ने व्यवस्था छ । सभापति शेरबहादुर देउवानिकट रहेका लामालाई संसदीय दलको नेतामा विजयी गराउन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरू मोहनबहादुर बस्नेत, मोहन आचार्य, मदनकृष्ण श्रेष्ठ र डा शशांक कोइरालाले पार्टी केन्द्रीय सदस्य उर्मिला थापालाई खटाइएको समेत बाहिरिएकाे थियाे ।
युवादेखि वृद्धसम्मका प्रिय नेता लामा २०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिभावान नेता हुन् । कांग्रेसको वर्तमान केन्द्रीय सदस्य लामा कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिएका छन् ।





























प्रतिक्रिया