मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ ।
दलको नेताको लागि प्रदेश सांसद संस्थापन पक्षका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए। मतदान आज अपरान्ह ३ देखि ४ बजेसम्म पार्टी कार्यालय धनुषामा हुनेछ। दलको नेता चयनका लागि कांग्रेसका २२ जना प्रदेशसभा सदस्यले मतदान गर्दै छन्। मत परिणाम आज नै सार्वजनिक हुने छ।
कृष्ण पार्टी सभापति देउवा देउवानिकट मानिन्छन् भने रामसरोज विमलेन्द्र निधि निकट मानिन्छन् । कृष्णप्रसाद र रामसरोज दुवै जना कांग्रेस अधिवेशनमा प्रदेश सभापतिमा पनि प्रतिस्पर्धा गरेका थिए।





























प्रतिक्रिया