देश दिनानुदिन आर्थिक सङ्कटतर्फ -उपसभापति गुरुङ

देश दिनानुदिन आर्थिक सङ्कटतर्फ -उपसभापति गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताएका छन् । 

झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्दै उपसभापति गुरुङले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन आर्थिक सङ्कटतर्फ धकेलिएको बताए । 

नेता गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौँ समस्या झेलिरहेको बताए । 

एक फरक प्रसङ्गमा उपसभापति गुरुङले सत्ता प्राप्तिको खेलले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको तर्क गरे । ठूलो शक्तिलाई पाखा लगाएर बनाइएको यो सरकार धेरै दिन नटिक्ने उनको टिप्पणी थियो । उनले मुलुकको मियो नै कांग्रेस भएको बताउँदै कांग्रेसबिनाको सरकार कल्पनासमेत गर्न नसकिने धारणा राखे । 

Logo