प्रदेश १ को उपसभामुख निर्वाचन आज, एमाले र कांग्रेसबिच द्विपक्षिय भिडन्त

प्रदेश १ को उपसभामुख निर्वाचन आज, एमाले र कांग्रेसबिच द्विपक्षिय भिडन्त

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ।

प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। प्रदेशसभाको आज बिहान ११ बजे बस्ने बैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्नेछ। प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको छ, नेकपा ९एकीकृत समाजवादी० को चार र जसपाको एक सदस्य गरि ९३ सदस्य रहेका छन्।

Logo