मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सत्ता साझेदार दलको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको वालुवाटार स्रोतले जानकारी दियो । 

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पूर्णतावारे निष्कर्ष निकाल्नेछ । 

Logo